बुटवल,असोज १६ ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा लिस्नु युवा क्लब शानदार जितसंगै फाईनलमा प्रवेश गरेको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा जनज्योती क्लब, डिगरनगरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।
खेलको शुरुवातबाट नै लिस्नुले खेल आफनो पक्षमा राख्न सफल भएको थियो । खेलको ३८ औ मिनेटमा लिस्नुका सुसिल राईले गोल गर्दै खेलमा टिमलाई दिलाए । खेलको ७४ औ मिनेटमा बुद्घिराम राईले विजयी गोल गरे । वन भर्सेस वनमा जनज्योतीका किपर टिकेन्द्र थापा बिट भएसंगै उनले गोल गरे । खेलमा लिस्नुका सुसिल राई म्यान अफ दी ।म्याचबाट पुरस्कृत भए।
विहिबारको दोस्रो सेमीफाईनल खेल गोर्खा ब्यायज क्लब र आयोजक झरना स्र्पोटस क्लबका बिचमा हुने अध्यक्ष धनेन्द्र पौडेलले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ३१ हजार रुपैया, यसैगरि उपविजेता टिमले १ लाख ८१ हजार रुपैया, कप तथा सेमिफाईनलमा पुग्ने दुई टिमलाई जनही नगद २५ हजार रुपैयाका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचलाई ३ हजार ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई १० हजार र सर्वोत्कृष्ट खेलाडीलाइ १५ हजार रुपैयाबाट पुरस्कृत हुने छन् । प्रतियोगिता तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा भई रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)