बुटवल,असाेज १४ ।
बुटवलबाट स्थापितआईटी कम्पनी टुना टेक्नोलोजीले यस वर्षको नास आइटी अवार्ड २०२४ जितेको छ । देशभरबाट विभिन्न विधामा गरिएको प्रतिस्पर्धामा टुना टेक्नोलोजी विजेता बन्न सफल भएको हो । नास आइटी अवार्डको निर्णायक मण्डलमा नेपाल लगायत विदेशी विज्ञहरू पनि रहेका थिए ।
यो अवार्ड जितेसँगै अब टुना टेक्नोलोजी एशिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागी हुन पाउने भएको छ । सो अवार्डका लागि यस क्षेत्रका १७ वटा देशले प्रतिस्पर्धा गर्नेछन् । उक्त कार्यक्रम डिसेम्बरमा ब्रुनाईमा हुनेछ ।
टुनाले केही महिना अघिमात्र भारतको ठुलो आइ टी कम्पनी (Frappe Technology –ERPNext)सँग नेपालको लागि एक मात्र आधिकारिक साझेदारी सम्झौता भइ काम सुरु गरिसकेको छ । यही अक्टुबर ३ र ४ गते बम्बईमा हुने कम्पनीको विश्व सम्मेलनमा पनि टुना टेक्नोलोजीबाट प्रमुख कार्यकारी अधिकृत लगायतको टिम सहभागी हुने अध्यक्ष तथा बुटवलका सफल व्यवसायी गणेशचन्द्र पोखरेलले बताए ।
कम्पनीमा अन्तराष्ट्रिय अनुभव प्राप्त सिटीओ लगायतको टेक्निकल टिमले उत्पादन क्षेत्रलाई लक्षित गरेर Complete ERP, होटल म्यानेजमेन्ट सोलुसन, रेष्टुरेन्ट म्यानेजमेन्ट, कृषि एप, लगाएतका उत्पादन तथा प्रविधि सोलुसनको क्षेत्रमा काम गर्दै आएको छ ।
कम्पनीले गत वर्ष मात्र नेपालकै प्रतिस्ठित र प्रविधि तर्फको ठूलो तथा महत्त्वपूर्ण आइसिटी अवार्ड Start Up Provincial Award 2023 प्राप्त गर्न सफल भएको थियो ।
टुना टेक्नोलोजी २०७८ सालमा बुटवलमा यहाँका युवा व्यवसायीहरु मिलेर खोलेको एक मात्र व्यवस्थित आइटी कम्पनी हो । छोटो समयमै उत्कृष्ट काम गर्दै आएको कम्पनीले भर्खरै मात्र काठमाडौँमा पनि आपनो सेवा विस्तार गरेको छ भने अन्तर्राष्ट्रिय रूपमा अस्ट्रेलियाबाट पनि आफ्नो सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत राजिव गौतमले बताए ।
कम्पनीमा हाल करीब ४० जनाले रोजगारी पाएको संचालक धुर्व न्याैपानेले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)