Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाढी पहिरोको मौका छोपेर एयरलाइन्सको भाडामा मनोमानी,यात्रु मर्कामा !

बाढी पहिरोको मौका छोपेर एयरलाइन्सको भाडामा मनोमानी,यात्रु मर्कामा !

  • 1.4K
    SHARES

  • बाढी पहिरोको मौका छोपेर एयरलाइन्सको भाडामा मनोमानी,यात्रु मर्कामा !

    बुटवल,असाेज १३ ।

    निरन्तर वर्षापछिको बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएपछि हवाई सेवा प्रदायकहरुले यात्रुहरुसँग मनपरी भाडा लिने मौका छोपेका छन्। 

    बाढी पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकासँग जोडिने सबै नाका बन्द भएपछि हवाई यात्रुका लागि चर्को भाडा असुल्न थालिएको हो। 

    यात्रुका लागि यतिबेला बाध्यताबस् हवाई सेवा प्रयोग गर्नुपर्ने अवस्था छ। यही मौकामा यती एयरलाइन्सले काठमाडौँदेखि विराटनगरसम्मको भाडा नौ हजार नौ सय तोकेको छ। यसअघिको भाडा पाँच हजार सात सय थियो। श्री एयरलाइन्सले पनि यती एयरलाइन्सले जति नै नौ हजार नौ सय भाडा दर तोकेको छ।

    बुद्ध एयरलाइन्सले विराटनगरसम्मको भाडा नौ हजार नौ सय तीन रुपैयाँ तोकेको छ । बुद्ध एयरलाइन्सले काठमाडौंबाट सुर्खेतको भाडा सात हजारबाट बढाएर १४ हजार २७ रुपैयाँ पु¥याएको छ। 

    प्रधानमन्त्री केपी ओलीले यात्रुहरुसँग बढी भाडा नलिन एयरलाइन्सहरुलाई गरेको आग्रह पालना नहुँदा यात्रुहरु चर्को मारमा परेका छन्। बाढी पहिरोको मौका छोपेर एयरलाइन्सहरुले बढी हवाई भाडा असुलेपछि सर्बत्र विरोध भइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology