Logo बिहिवार, आश्विन १ गते २०८३
images

सत्यसाई बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सत्यसाई बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

  • 2.9K
    SHARES

  • सत्यसाई बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    बुटवल,पुस २५- 

    सत्य साई बचत तथा ऋण सहकारी संस्था बुटवल ४ को अध्यक्षमा मुकेशमान श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको १३ औं बार्षिक साधारण सभाबाट श्रेष्ठ सर्वसहमत अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

    त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठ, सचिवमा गजेन्द्र कुमार कायस्थ र कोषाध्यक्षमा रमेशजंग थापा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा  अशोक कुमार श्रेष्ठ, धनु श्रेष्ठ, कमलराज उदय, विरेन्द्रमनी तुलाधर र शुसिला कुमारी केसी निर्वाचित भएका छन् ।

    त्यस्तै सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिल्ली कुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अशोक अमात्य र भगवती श्रेष्ठ चयन भएका छन् ।

    साधारण सभामा कोषाध्यक्ष उपेन्द्रमान श्रेष्ठले १२ करोड ९५ लाख ४८ हजार ४ सय ४८ बराबरको आय व्यय प्रस्तुत गरेका थिए । मुकेशमान श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालको प्रमुख आतिथ्यतामा भएको साधारण सभाको सञ्चालन सचिव गजेन्द्र कुमार  कायस्थाले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology