बुटवल,पुस २५-
सामुदायिक वनको ढलापढा काठ उपभोक्ताले उपभोग गर्न पाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । देवदह वडा नं १० स्थित रोहिणी सामुदायिक वन उपभोक्ता समितिको छैटौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले उपभोक्ताहरुको हितमा सरकारबाट उपभोग नीति ल्याउन सुझाव दिए ।
रोहिणी सामुदायिक वन उपभोक्ता समुहको छैटौ वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै डिभिजन वन अधिकृत बोधराज सुवेदीले सामुदायिक वनबाट उपभोक्ताको नेतृत्वसंगै आयस्तर विकास गर्न सफल भएको बताए । सामुदायिक वन प्रतिको अपनत्वका कारण हरियाली बढाउन सफल भएको समेत उनको दाबी छ ।
अध्यक्ष चन्द्र बहादुर रसाईलीले प्रकृतिको महत्वपुर्ण सम्पदा वनलाई जोगाउदै आयआर्जन हुने रुपमा योजनावद्घ रुपमा अघि बढेको बताए । सात वर्षदेखि वैज्ञानिक वन ब्यवस्थापनको नीति नियम अन्तरगत कार्यसम्पादन भैरहेको उनले बताए ।
कार्यक्रममा वडा नं १० का वडाअध्यक्ष यक बहादुर सुनार, वडा नं ९ का वडाअध्यक्ष केशव प्रसाद भट्टराई, बलराम पोखरेल, संस्थापक अध्यक्ष चन्द्र बहादुर क्षेत्री, जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटाले केवल वन संरक्षणमात्र नभई स्थानियको आयआर्जन वृद्धि गराउदै सामाजिक विकासमा टेवा दिदै आएको बताए ।
हरियाली क्षेत्र बढाउन सामुदायिक वनको योगदान महत्त्वपूर्ण रहेको उनले बताए । सामुदायिक वनबाट रिगरोड निर्माणको काम समेत भएको छ । सामुदायिक वनले गरिबी निवारण कार्यक्रम अन्तरगत वनका सदस्यहरुलाई ३ लाख ६० हजार रुपैया सहयोग गरेको छ । देवदह वडा नं १० स्थित रोहिणी सामुदायिक वन उपभोक्ता समितिले घुमती शिविर अन्तगत २४ विपन्न परिवार १५ हजारका दरले ३ लाख ६० हजार रुपैया वितरण गरेको हो ।
देवदह नगरपालिकाको वडा नं ९ र १० को २ सय ७ दशमलव ४१ हेक्टर क्षेत्रफल सामुदायिक वनले ओगटेको छ । वनमा ४ सय ७३ जना उपभोक्ताहरु रहेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)