Logo बुधवार, श्रावण १३ गते २०८३
images

तिलोत्तमामा रेबिज बिरुद्धको अभियान शुरु 

तिलोत्तमामा रेबिज बिरुद्धको अभियान शुरु 

  • 1.3K
    SHARES

  • तिलोत्तमामा रेबिज बिरुद्धको अभियान शुरु 

    तिलोत्तमा,असोज १० ।

    रुपन्देहीको तिलोत्तमामा रेबिज बिरुद्धको अभियान थालिएको छ। नेभ्ला रुपन्देही, अल केयर नेपाल रुपन्देहीको समन्वयमा तिलोत्तमा नगरपालिकाले नगरका सबै घरपालुवा र भुस्याहा कुकुरहरुलाई निशुल्क रेबिज बिरुद्धको खोप लगाउने गरी सो अभियान थालिएको हो।

    अबरोध हटाऊ, रेबिज उन्मुलन गरौ भन्ने विश्वव्यापी नारा सहित विश्व रेबिज दिवसको अवसरमा अभियान थालिएको हो।

    नगरको तिलोत्तमा-२ वडामा रहेको पशु स्वास्थ्य शाखामा आज एक औपचारिक कार्यक्रम गर्दै कार्यक्रम नगरप्रमुख रामकृष्ण खाणले समाजमा रहेका सबै कुकुरलाई सुरक्षित बनाउन र मानव स्वास्थ्यको ख्याल गर्दै सामाजिक कार्यमा अगाडी बढ्न सबैलाई आग्रह गर्दै रेबिज बिरुद्धको यो अभियानमा सरिक हुन र सबौइको सहयोगले मात्र रेबिज रोगबाट टाढा हुन सकिने बताउनुभयो।

    उहाँले रेबिजको त्यस्तो कुनै औषधि फेला नपरेकोले भुस्याहा कुकुरमात्र नभई रेबिज भएका पशुजन्य चौपायाबाट सर्ने रोग बात बच्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। सो अवसरमा बोल्दै उहाँले रेबिजलाई सामान्य रुपमा नलिई सचेत भएर सुरक्षित हुन समेत आग्रह गर्नुभयो। re.jpg

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि खाणले पछिल्लो समय तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुमा गरेको उल्लेखनिय काममा समाजको पनि सहयोग रहेमात्र रेबिज लगायतका रोगहरुबाट ग्रसित समाजलाई त्यस्ता रोगबाट निर्मुल पार्न सहयोग पुग्ने बताउनुभयो।

    त्यस्तै सोहि कार्यक्रममा बोल्दै नगरपालिकाका पशु शाखा प्रमुख राजु कुवर मगरले १ हप्तासम्म चल्ने यो अभियानमा सबै गाउँ गाउँ टोल-टोलबाट सबै कुकुरहरुलाई भ्याक्सिन लगाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।

    उहाँले कुकुरपाल्ने घर परिवार र बाटोमा सामाजिक कुकुरहरुलाई समेत सुरक्षित बनाउन सबैले सहयोग गरि भ्याक्सिन लगाउन हातेमालो गर्नुपर्ने बताउनुभयो।उहाँले सन् २०३० सम्ममा रेबिज उन्मुलन गर्नुपर्ने धारणा उल्लेख गर्दै सबैको सहयोगले रेबिज शुन्य बनाउन सकिने बताउनुभयो। 

    कार्यक्रममा पशु प्राबिधिक डा युवराज पन्थी, नेपाल भेटरिनरी एसोसियसन लुम्बिनी प्रदेशका अध्यक्ष पिताम्बर खरेल, डा देवी प्रसाद घिमिरे,वडा नम्बर-३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर-२ का अध्यक्ष डिल बहादुर भट्टराई, कार्यपालिका सदस्य राधा शाही, सावित्रा पन्थी, लक्ष्मी घिले,वडा सदस्य डोल बहादुर थापा, रामकृष्ण पाठक, पूर्णकला भट्टराई बिक लगायतको सहभागिता रहेको थियो।

    रेबिज बिरुद्धको सो अभियानमा सहयोगीको रुपमा नेभ्ला रुपन्देही, अल केयर नेपाल रुपन्देही रहेका छन्। तिलोत्तमा-२ का टोल बिकास संस्था संजालका अध्यक्ष नर बहादुर कार्कीको स्वागतबाट शुरु सो कार्यक्रम पशु शाखा प्रमुख राजु कुवरले संचालन गर्नुभएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology