Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा शुरू भयो सरसफाइ अभियान

बुटवलमा शुरू भयो सरसफाइ अभियान

  • 1.7K
    SHARES

  • बुटवलमा शुरू भयो सरसफाइ अभियान

    बुटवल,असोज १० ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्नेगरि सरसफाइ अभियान शुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो ।

    अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराजपाण्डेयले यो अभियानलाई नियमित बनाइने बबताउनुभयो उहाँले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

    बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक बर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयको भनाइ छ ।safai.jfif
    ‘बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य सहित सरसफाई तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको हो ,गतबर्ष चलाएको जस्तै यो पनि नियमित चल्छ । ’– उहाँले भन्नुभयो ।

    अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडि बढेको उहाले बताउनुभयो ।

    अभियानमा सरिक हुन जनप्रतिनिधिहरू सँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । नगर सफा रहेमात्रै नागरिक स्वस्थ रहने भएकाले घरघरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपर्ने धारणा राख्नुभयो । sara.jfif
    अभियानअन्तरगत यही असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ हुनेछ ।

    यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलहरुमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो । बुटवलले हरियाली,सरसफाइ अभियान गतबर्ष पनि चलाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology