बुटवल,पुस २५-
संसद बिघटनको बिरोधमा नेपाली कांग्रेस रुपन्देही प्रदेशसभा २ ख ले बुटवलको १२ नयाँगाँउमा बिरोधसभा गरेको छ ।सो अवसरमा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपि ओलीले गरेको गैरकानुनी कदमको बिरोध जनाए ।
उनीहरुले कम्युनिष्ट सरकारले कानुनी राज्यको खिल्ली उडाउदै तानाशाही शैलीमा अघि बढेको बताए । बिरोधसभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता युवराज गिरिले सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध आन्दोलनमा होमिन आग्रह गरे ।
उनले सम्पूर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गरे । नगर सभापति खेलराज पाण्डेयले संविधानको रक्षाको लागि आफुहरु सडकमा आएको बताए । 
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२(०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु बालकुमारी भण्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की,हरिबहादुर आचार्य,डिल्ली शर्मा आचार्य,बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,सचिब रबिन्द्रमान श्रेष्ठ,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)