काठमाडौं,असोज ६ ।
बैतडी केन्द्रबिन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
केन्द्रका अनुसार दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडी आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)