Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

  • 1.1K
    SHARES

  • पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले पनि दिए राजीनामा

    काठमाडौँ,असोज ४।

    पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष राजीनामा बुझाएका हुन्। 

    आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको बताएका छन्।

    यसअघि गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले पनि तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए। उनको राजीनामापछि कार्यावाहक तोकिएका विष्टले शुक्रबार केन्द्रीय कार्यसमितिलाई राजीनामा बुझाएका हुन्। 

    उनले राजीनामापत्रमा भनेका छन्, ‘पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु¥याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो। संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ।’

    Ramesh-bista_qayBgT6bPr (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology