बुटवल,पुस २५-
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले संबिधानको रक्षाको लागि २०६२-०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
संसद बिघटन भएसँगै आन्दोलनका उपलब्धीहरु गुम्ने खतरा रहेको भन्दै उनले संबिधानको रक्षाका लागि २०६२-०६३ का जनआन्दोलनका पक्षधरहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
संसद बिघटनको बिरोधमा नेपाली कांग्रेसद्वारा आज बुटवल नयाँगाँउमा आयोजित बिरोध सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन् । अदालतबाट संसद ब्युतिने विश्वास व्यक्त गर्दै खनालले अदालतबाट संसद ब्युतिन नसके स्वतः ब्युताउनु पर्ने बिचार व्यक्त गरे ।
उहाँले अग्रमनका लागि सम्पुर्ण लोकतन्त्रबादी शान्तिपुर्ण आन्दोलनमा उत्रिन आव्हान समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरि,नगर सभापति खेलराज पाण्डेय,बालकुमारी भन्डारी,रामप्रसाद अधिकारी, पर्शुराम ढकाल, रामबहादुर कार्की,हरिबहादुर आचार्य,बरिष्ठ अधिबक्ता गोकर्णसिंह थापा,डिल्ली शर्मा आचार्य,सचिब रबिन्द्रमान श्रेष्ठ,लगायतले बोल्दै असंवैधानिक रुपमा गरिएको संसद बिघटन अदालतले पुनस्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)