Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश:निजामती सेवा ऐेन संशोधन विधेयक पारित

लुम्बिनी प्रदेश:निजामती सेवा ऐेन संशोधन विधेयक पारित

  • 1.6K
    SHARES

  • लुम्बिनी प्रदेश:निजामती सेवा ऐेन संशोधन विधेयक पारित

    दाङ,असोज १ ।

    लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको साेमबार बसेकाे  बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गर्नुभएको प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

    प्रदेश सभाको गत शुक्रवार बसेको  बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए । परेका संशोधनलाई शुक्रवारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो । 

    समिती सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितीले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको आज बसेको पहिलो बैकमा पेश गर्नु भएको थियो । 

    २०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणिकरण गर्नु भएको थियो । 

    यसैविच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारीस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको हो । 

    लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेशसभाबाट स्थानिय सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन १ २०८१०६:५८:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology