Logo बिहिवार, आश्विन १ गते २०८३
images

मालिका बचत तथा ऋण सहकारीको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

मालिका बचत तथा ऋण सहकारीको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

  • 1.6K
    SHARES

  • मालिका बचत तथा ऋण सहकारीको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

    बुटवल,भदौ ३०।

    बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    अध्यक्ष कपिल आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री  धनेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले सहकारी सदस्यहरुको आर्थिक विकासका लागि मेरुदण्ड भएको बताए ।

    उनले कतिपय सहकारीमा आर्थिक हिनामिना भएर बन्द अवस्थामा रहेको भए पनि सबै सहकारीको अवस्था भने एउटै नभएको बताए । उनले सहकारी नियमनका लागि सरकार प्रतिबद्ध रहेको बताए । 

    अध्यक्ष कपिल आचार्यले बलियो सक्षम सदस्य मैत्री, समाज मैत्री, विधि र नीतिबाट संस्था सञ्चालनप्रति प्रतिबद्धता जनाए । उनले सहकारी सक्षम रहेको भन्दै सिष्टमको फलो गरेर सहकारीलाइ प्रगतिको बाटोमा लैजाने बताए । सो अबसरमा अध्यक्ष ,सचिव तथा कोषाध्यक्षको प्रतिबेदन पारित गरिएको सचिव  सुशील नेपालले बताए ।

    कार्यक्रम उपाध्यक्ष विमलराज घिमिरेको स्वागत तथा सचिव  सुशील नेपालको संचालनमा भएको थियो ।

    ma.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology