Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आज पहेँलो धातु सुनको मूल्य एक लाख ५६ हजार तीन सय

आज पहेँलो धातु सुनको मूल्य एक लाख ५६ हजार तीन सय

  • 963
    SHARES

  • आज पहेँलो धातु सुनको मूल्य एक लाख ५६ हजार तीन सय

    काठमाडौँ,भदौ ३० ।

    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु.पाँच सयले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ । रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology