Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक आधारमा समाज बिगार्ने अधिकार कसैलाई छैन : डा. चन्द्र भण्डारी

राजनीतिक आधारमा समाज बिगार्ने अधिकार कसैलाई छैन : डा. चन्द्र भण्डारी

  • 1.1K
    SHARES

  • राजनीतिक आधारमा समाज बिगार्ने अधिकार कसैलाई छैन : डा. चन्द्र भण्डारी

    गुल्मी, भदौ २६ ।

    नेपाली कांग्रेस प्रभावशाली नेता डा. चन्द्र भण्डारीले समाज, संस्कृति र सम्बन्ध राजनीतिक आधारमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । बुधबार गुल्मीको सदरमुकाम तम्घासमा यहाँका विकास निर्माणको समीक्षा कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद तथा संविधान सभा सदस्य समेत रहनुभएका भण्डारीले नेपाली समाज धेरै पहिलेदेखि छुट्टै आफ्नै संस्कृति  र संस्कार अनुसार सञ्चालन हुँदै आएकाले यसलाई राजनीतिक रूपमा बिगार्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

    संविधान निमार्णको क्रममा समेत आफूलाई राजनैतिक रूपमा पहाड र तराईलाई छुट्टाउन आफ्नै पार्टीका नेताहरूबाट समेत ठुलो दबाब आएपनि यसलाई छुट्टाउन आफू तयार नभएको स्मरण गर्नुभयो । उहाँले आफू ग्यास दुर्घटनामा परी पुर्नजिवन पाएको भन्दै आफूलाई जनतालाई ढाँट्ने, छल्ने र झुट बोल्ने छुट नभएको बताउनुभयो ।

    आफू ग्यास दुर्घटनामा पर्दा कोही, मन्दिर, कोही, मस्जिद, कोही चर्चमा गएर आफ्नो जीवन रक्षाका लागि प्रार्थना गरेको बताउँदै आफूले राजनीति इमानका लागि पनि जनताको आवाज बोल्ने उहाँले बताउनुभयो । पछिल्लो समय नेपालको अर्थतन्त्र अत्यन्त खराब अवस्थामा रहेको भन्दै जिल्लामा परेका योजनाहरूको बजेट फ्रिज जान दिन नहुने बताउनुभयो ।

    त्यस अघि डा. भण्डारीलाई समन्वय प्रमुख द्रोण बहादुर खत्री, रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी लगायतका जनप्रतिनिधिहरूले समन्वय समितिको सभा हलमा स्वागत गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू लगायतको सहभागिता रहनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology