Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हैदराबादी दम विरयानीमा अनुगमन,५६ केजी मासु नष्ट

हैदराबादी दम विरयानीमा अनुगमन,५६ केजी मासु नष्ट

  • 1.2K
    SHARES

  • हैदराबादी दम विरयानीमा अनुगमन,५६ केजी मासु नष्ट

    बुटवल,भदौ २३।

    बुटवलको पुरानो बसर्पाक स्थित हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट विरयानी गराउने गरेको खुलेको छ ।  भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदराबादी मट्का बिरयानी नामले परिचित हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो ।

    बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो ।

    बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ५६ केजी मासु र कुखुरको छाला नष्ट गरिएको बताए ।उनले कार्यालय खुल्ला भएपछि मात्र कार्यविधि अनुसार जरिवाना गर्ने बताए ।

    खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । तर, हैदरावाद दम बिरानीले यी कानूनी मापदण्डको पालना नगरेको पाईएको उपभोक्ता हित संरक्षण समिति बुटवल नगरका अध्यक्ष समुन्द्र जिसीले बताए ।

    ‘भाडा माज्ने ठाउँ फोहोरो थियो । भाडा सफा नगरेर खुवाएको गुनासो पनि सुनियो । भाडा माज्ने ठाउँमा सिंगो मासु त्यहि सफा गर्ने गरेको देखेपछि अनुगमन टोलीले पत्र काटेर आएको हो’ उनले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology