Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे,आज थप एकको मृत्यु

बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे,आज थप एकको मृत्यु

  • 2.1K
    SHARES

  • बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्याे,आज थप एकको मृत्यु

    बुटवल ,भदौ २२, 

    बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाइएको छ  । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।
     
    यही भदौ १२ गते उनको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनीए आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए।

    उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology