अर्घाखाँची,भदौ २१ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाइ छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा १९ सय कर्मचारीको विज्ञापन खोलिने बताएका छन् ।
संघिय सरकारले हस्तान्तरण गरेको स्विकृती दरवन्दी अनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयहरुमा ४ हजार ७८ जना कर्मचारीको दरवन्दी रहेकोमा हाल २१ सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका १९ सय कर्मचारीको पदमा अब छिट्ट लोक सेवा आयोग मार्फत विज्ञापन खोलिने बताएका हुन् ।
गृह जिल्ला अर्घाखाँचीमा आएका मुख्यमन्त्री आचार्यले सन्धिखर्क नगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै बर्षबाट लागु हुने बताए ।
कर्मचारी ऐन लागु हुन नसक्दा कर्मचारीमा निरासा छाएको भन्दै यस बर्ष स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोवल बृद्धि हुने बताएका छन् ।
मुख्यमन्त्री आचार्यलाइ सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले अर्घाखाँची जिल्लाकै गौरवको योजनाको रुपमा रहेको गोरुसिंगे सन्धिखर्क सडकमा प्रयाप्त बजेट नभएको, बजेट परेर पनि अर्घा भगवती विमानस्थलको काम अघिल्लो बर्ष हुन नसेको जसका कराण विमानस्थल अलपत्र परेको, सालझण्डी, सन्धिखर्क ढोरपाटन सडकमा प्रयाप्त बजेट नहुदा कामले गति लिन नसकेको लागयतका योजनाहरुलाइ प्राथमिकता दिन आग्रह गरेका थिए । मुख्यमन्त्री आचार्यले राखेका योजनामा संघिय सरकार संग समन्वय गरेर काम अगाडी बढाउन र प्रायाप्त बजेटका लागि पहल गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जाहेर गरेका छन् ।
सुशासन र पारदर्शितामा अगाडी बढ्न आफुहरु प्रतिबद्ध भएर लागेको बताउदै सबै योजनाका कामहरु गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न पनि निर्माण व्यवसायीलाइ निर्देशन दिएका छन् । उनले प्रदेश मातहतका सबै कार्यालय र प्रदेश सरकारबाट प्राप्त भएका तर नगरपालिकाले कार्यन्वयन गर्ने बजेटमा पनि सबै काम प्रतिस्प्रधाबाट गर्न पत्राचार गरिएको बताए । नाम उपभोक्ता समितिको देखाउने तर काम निर्माण व्यवसायीलाइ गराउने र विचमा हुने चलखेल रोक्न सबै काम प्रतिस्प्रधाबाट गर्ने प्रदेश सरकारले निर्णय गरेको बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले सबै सांसद र दलका नेताहरुलाइ राखेर सर्ब सहमत रुपमा बजेट ल्याएको बताउदै रातो किताबमा आएको बजेट कुनैपनि हालतमा फेर बदल नहुने बताए । उनले आफु अर्थमन्त्री हुदा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको अपनत्व हने गरि ल्याएको बताउदै अर्को पुरक बजेट पनि नआउने बताए ।
उनले बजेट पारित भएर कार्यन्वयनको दिशामा अगाडी बढेको जानकारी दिए । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, प्रवक्ता मोतिजंग रायमाझीको स्वागत मन्तव्य र राजस्व शाखा प्रमुख मुक्ति खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)