Logo बिहिवार, आश्विन १ गते २०८३
images

थोर्गा रूपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

थोर्गा रूपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

  • 1.5K
    SHARES

  • थोर्गा रूपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

    बुटवल,भदौ १६ ।

    थोर्गा रूपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

    रूपन्देहीको तिलोत्तमा बनबाटिकामा एक कार्यक्रमबिच तिज मिलन गरिएको समाजका अध्यक्ष ओम ज्ञवालीले बताउनुभयो ।समाजका अध्यक्ष ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोग तथा राम्रो नृत्य देखाउनेहरूलाइ सम्मान गरिएको छ ।

    कार्यक्रममा पुर्व अध्यक्ष रामप्रसाद पोखरेलले समाजले निरन्तर राम्रो काम गरेको बताउनुभयो । चिन्तामणि ज्ञवालीको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव षडानन्द पोखरेलले गर्नुभएको थियो ।teej 2081.jpg

    बनबाटिकाको सेड न १७ मा भएको कार्यक्रममा दिनभर सहभागी दिदिबहिनी तथा दाजुभाइले अर्गानिक भाकामा गित गाएर नाचगान गरेका थिए । समाजले समयसमयमा रचनात्मक काम गर्दै आईरहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिको संरक्षणमा चाडपर्वहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए।thorga.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology