Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमामा खुल्ला बि लेभल ब्याडमिन्टन,उद्घाटन खेलमा सन्तोष  र सुदिपको जोडी बिजयी

तिलोत्तमामा खुल्ला बि लेभल ब्याडमिन्टन,उद्घाटन खेलमा सन्तोष  र सुदिपको जोडी बिजयी

  • 2.7K
    SHARES

  • तिलोत्तमामा खुल्ला बि लेभल ब्याडमिन्टन,उद्घाटन खेलमा सन्तोष  र सुदिपको जोडी बिजयी

    बुटवल,पुस २४- 

    तिलोत्तमा नगरपालिकामा खुल्ला बि लेभल ब्याडमिन्टन शुरु भएको छ ।

    समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो ।

    प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेस सभासदस्य दधिराम न्यौपाने, तिनपा वडा नं १ का तामनाथ पाण्डे, नेकपा तिलोत्तमा नगर कमिटिका अध्यक्ष मोहन चापागाई, शिवनगर सामुदायिक वनका अध्यक्ष उमानन्द कंडेल, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले उद्घाटन गर्दै खेलमार्फत युवाहरुलाई संगठित र सामाजिक कार्यमा अग्रसर गराउन सकिने बताए ।

    यसैबिच शुक्रबार भएको उद्घाटन खेलमा सन्तोष भट्टराई  र सुदिप ज्ञवालीको जोडीले खिमानन्द भट्टराई र दिपक ज्ञवालीको जोडीलाई २–१ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology