बुटवल,भदाै १५ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको बताउनु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश बासिका लागि गौरवपूर्ण क्षण भएकाले खुसि वाड्नु भएको हो ।
प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया २०७६ सालबाट सुरु भएको जानकारी दिदै उहाँले प्रदेशका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताउनु भयो ।
विधिवत रुपमा अस्पताल बनाउन सुरु गरेका छौं ।यहाँ प्राप्त सुझावलाई प्रदेश सरकारले आत्मसात गर्छ । यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोडको बजेट राखेका छौंझउहाँले भन्नुभयो-प्रदेश सरकारले २४ अर्ब पुजिगत बजेटमा अस्पताल बाहेक ५ अर्ब ६५ करोड रुपैयाँ बजेट रुपन्देही जिल्लामा बिनियोजन गरेको छ । अव बजेटको सहि कार्यान्वयन आवश्यकता छ । बजेटको सहि कार्यान्वयन गर्न नागरिकतहको खबरदारी जरुरी छ । जनताको निगरानी आवश्यक छ ।
प्रदेश सरकारले रुपन्देही र बुटवल नगरिलाइ उच्च प्राथमिकतामा राखेर आर्थिक हव बनाउनेगरी महत्त्वपूर्ण योजना अघि बढाएको स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेशको प्रशासनिक क्षेत्र राप्ती उपत्यका देउखुरीमा १ बर्ष भित्र १० वटा भवन सम्पन्न भएपछि बाँकी कार्यालय स्थानान्तरण गर्ने तर, अहिले हतार नगर्ने पनि स्पष्ट पार्नु भएको छ ।
रुपन्देहीलाई आर्थिक हवको रुपमा विकास गर्ने छौं । तिनाउ करिडोरमा नदि सभ्यतामा आधारित शहर निर्माण गर्ने छौं । लुम्बिनी प्रदेशको पवित्र भूमिमा बौद्दिक सर्किट निर्माण गर्नेछौंझउहाँले भन्नुभयो-लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण समय अघिनै सम्पन्न हुने छ । हामी विश्वस्त छौं ।
संघिय सरकारबाट गत बर्ष समानिकरण शिर्षकमा बजेट प्राप्त नहुदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै संघीय सरकारले बजेट पठाउनुपर्नेमा जोड दिनुभयो ।ञपाँच वटा मध्य चार वटा गौरवका आयोजनाको काम अघि बढेको छ ।
संघीय सरकारको साथ सहयोग प्रदेश सरकारलाई चाहिएको छउहाँले भन्नुभयो- गत बर्षको घाटापुर्ति गर्न संघीय सरकारले ध्यान दिनुपर्ने छ । घाटापुर्ति भएन भने प्रदेशका गौरवका आयोजना अप्ठ्यारोमा पर्ने जोखिम रहन्छ । प्रदेशमा थालनि भएका गौरवका योजनालाइ प्रदेशसरकारले ध्यान दिने भनाइ उहाँको छ ।
प्रदेश सरकार सुशासन र जवाफदेहीमा राम्रो अभ्यास थालेको जानकारी दिदै उहाँले प्रदेश सरकार नागरिकको सुझावको आधारमा अघि बढेको स्पष्ट समेत पार्नु भएको छ । शनिबार नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अस्पताल भवनका शिलान्यास गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)