Logo बिहिवार, आश्विन १ गते २०८३
images

बाढीपहिरोमा परेर २१० जनाको मृत्यु

बाढीपहिरोमा परेर २१० जनाको मृत्यु

  • 1.4K
    SHARES

  • बाढीपहिरोमा परेर २१० जनाको मृत्यु

    काठमाडौँ, भदौ १२।

    अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म दुई सय १० जनाको मृत्यु भएको छ। 

    बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। 

    उहाँका अनुसार बाढी पहिरोका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन्।

    बाढीपहिरोमा परेका काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो।

     उहाँले भन्नुभयो, “बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५२ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।” 

    बाढीको कारण आज दिउँसोसम्म जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६५ वटा घर, एक सय २६ वटा गोठ, ५३ वटा पुल, सात वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जाएको छ। बाढीपहिरोबाट नौ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट छ हजार ४९ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिनुभयो।रासस 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology