Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा अर्गानिक परिकारसहित ‘आमाको भान्साघर’ शुभारम्भ

बुटवलमा अर्गानिक परिकारसहित ‘आमाको भान्साघर’ शुभारम्भ

  • 3.4K
    SHARES

  • बुटवलमा अर्गानिक परिकारसहित ‘आमाको भान्साघर’ शुभारम्भ

    बुटवल,पुस २४- 

    बुटवलमा अर्गानिक परिकार सहित आमाको भान्साघर शुभारम्भ भएको छ ।

    शुक्रबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समन्द्र जिसि, भान्साघरका आमा चन्द्रकला क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनालले भान्साघरको औपचारिक उद्घाटन गरेका हुन ।

    संघका अध्यक्ष जिसिले पर्यटन नगरी बुटवलमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट खुल्ने क्रममा रहेको भन्दै नया र फरक ढंगका भान्साघरको पहिचान हुने बताए ।

    देशमा ६० हजारभन्दा बढीले संचालन गरेका मध्यम वर्गका लक्षित नीति बनाउन सरकार चुकेको उनले दाबी गरे । निक्कै लामो प्रयास पछि होटल ब्यवसायलाई मर्यादित पेशा बनाउने काममा आफुहरु लागेको उनले बताए ।

    आन्तरिक घुमफिरका योजना बनाउने रुपमा विविध कार्यक्रम बनाउनतर्फ आफू लाग्ने प्रतिवद्घता समेत जनाए । भान्साघरका संचालक सुश्मा क्षेत्रीले महिलाहरु आर्थिक रुपमा पछि परेको बेला सेवा उद्योगका रुपमा भान्साघर शुरु गरेको बताईन ।hotel aama ko vansa ghar.jpg

    भान्साघरमा  ७ जना महिलाहरुले रोजगार पाएको उनले बताईन। लामोसमय वैदेशिक रोजगार गरि फर्किएका संचालक सुरेश केसीले स्वरोजगार बन्न भान्साघर संचालन गरेको बताए । अहिलेसम्म भान्साघरमा ८० लाख खर्च भएको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology