Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवती रथजात्रा अवलोकन (फोटोफिचर)

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवती रथजात्रा अवलोकन (फोटोफिचर)

  • 1.6K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवती रथजात्रा अवलोकन (फोटोफिचर)

    पाल्पा,भदौ ११ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५ औँ रथजात्राको आज अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज पाल्पा आइपुग्दा उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए ।ramchandra-paudel.jpg

    पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आइपुगेका हुन् । ramchandra.jpgजात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका थिए ।bhagwati-rath-yatra palpa.jpg

    जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिएका छन् ।

    प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

    त्यस्तै पाल्पा दरबार र त्यहाँ निर्मित सङ्ग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन उनले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले रथयात्रालाई अब प्रदेशस्तरीय निर्णयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेको सल्लाहकार पोखरेलले जानकारी दिए ।palpa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology