Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा युएनको नमुना बैठक,१५ राष्ट्रका प्रतिनिधी विद्यार्थी सहभागि

अक्सफोर्डमा युएनको नमुना बैठक,१५ राष्ट्रका प्रतिनिधी विद्यार्थी सहभागि

  • 909
    SHARES

  • अक्सफोर्डमा युएनको नमुना बैठक,१५ राष्ट्रका प्रतिनिधी विद्यार्थी सहभागि

    बुटवल, भदौ ९ ।

    विश्वमा लैंगिक हिंसाको समस्या चुनौतीका रुपमा देखिएको र त्यसको समाधानका लागि साझा पहल गर्नु पर्ने रुपन्देहीका विद्यार्थीहरुले सुझाव दिएका छन् । सामाजिक, धार्मिक, घरेलुलगायतका हिंसाका घटनाहरु सामाजिक विकासका बाधक बनेको भन्दै उनीहरुले त्यसको समाधानका लागि साझा पहल आवश्यक रहेको बताएका हुन् ।

    शारिरिक, मानसिक र सामाजिक रुपमै हिंसा बढेको भन्दै यसलाई रोक्नुको विकल्प नभएको पनि उनीहरुले सामुहिक तर्क राखेका थिए ।

    बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा नौ का विद्यार्थीहरुले शुक्रबार आयोजना गरेको युनाईटेड नेशनस् (युएन) को नमुना अभ्यास कार्यक्रम (बैठक) मा सहभागि १५ राष्ट्रका प्रतिनिधी विद्यार्थीहरुले विश्वमा चुनौतीका रुपमा देखिएको लैंगिक हिंसा सबैको सहकार्यमा समाधान गर्नु पर्ने बताएका थिए ।

    un oxf.jpg

    उनीहरुले लैंगिक हिंसामा सामाजिक, धार्मिक, घरेलुलगायतका रहेतापनि त्यसमा बलत्कार र बालविवाह झनै चुनौतिका रुपमा देखिएको उनीहरुले बताए । पछिल्लो समय भारतमा भएको बलात्कारको घटनाले विश्वलाई चकित पारेको भन्दै महिला, पुरुष, बालबालिका जो कोहीमा हुने हिंसा कम गर्नका लागि सबै राष्ट्रहरुले सामुहिक प्रयास र कानुनलाई अक्षरस पालना गर्नु पर्नेमा जोड दिए ।

    शान्तिका लागि स्थापना गरिएको युनाइटेड नेशनस्को नमुनाका रुपमा अक्सफोर्डमा भएको अक्सफोर्ड मोडल युनाइटेड नेशनस्को शुक्रबार गरिएको बैठकमा नेपाल, भारत, चिन, पाकिस्तान, अफगानिस्तान, युएसए, बंगलादेश, मेस्किको, साउथ अरवीया, रसिया, डेनमार्क, यक्रेन, युके, फ्रान्स गरि १५ राष्ट्रका तीन-तीन जना गरि ४५ प्रतिधिनी विद्यार्थीहरुको सहभागिता रहेको थियो । नौ कक्षाका ४५ जना विद्यार्थी १५ राष्ट्रका प्रतिनिधी बने र आफ्ना भनाई राखेका थिए । अक्सफोर्ड नमुना युनाइटेड नेशनस्को बैठकको अध्यक्षता विद्यार्थी सृजल शर्माले गर्नु भएको थियो ।un.jpg

    बैठक पुर्व कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले शैक्षिकसँगै विश्व परिदृष्यका घटनाका बारेमा बुझ्ने र जान्ने अधिकार विद्यार्थीमा हुनु पर्ने बताउनुभयो । विश्वमा शान्ति स्थापनाका लागि युएनले खेलेको भुमिका अतुलनीय रहेको उल्लेख गर्दै युएनका गतिविधि र त्यसका कार्यक्रमहरुलाई विद्यार्थीले अक्सफोर्डमा नमुनाका रुपमा गरेर उदाहरणीय कार्य गरेको भन्द्र प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा अक्सफोर्डका प्राचार्य दिनेश भुसालले  कक्षा नौ को पाठ्यक्रममा भएको विषयका आधारमा प्रयोगात्मककै रुपमा अक्सफोर्डमा नमुना युनाइटेड नेशनस्को बैठक कार्यक्रम गरिएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई हरेक कुरामा अब्बल बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै पाठ्यक्रममा आधारित कुरासँगै अतिरिक्त शिक्षालाई पनि उत्तीकै जोड दिदै आएको बताउनुभयो ।

    नमुना युएन उद्घाटन कार्यक्रममा अक्सफोर्ड क्याम्पस अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाललगायतले युएनको नमुना अध्यास बैठक कार्यक्रमले विद्यार्थीमा थप उर्जा थपिएको बताउनुभयो । कार्यक्रमको संचालन शिक्षक कपिल ढकालले गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology