बुटवल,पुस २४-
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनले बुटवलकाे निलकण्ठ बाबाधाम तथा श्री सन्तोषी माता गुरुकुल विद्याश्रमलाई सहयोग गरेर मनाएको छ ।
प्याब्सनको ३०औँ स्थापना दिवसमा शुक्रबार एक समारोहका बिच प्याप्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्याय, केन्द्रिय सदस्य टिकाराम न्यौपाने, लुमबिनी प्रदेशका प्रदेश सचिव लालहरि पाण्डे, जिल्लाका सहसचिव कपिल ढकाल, प्याप्सन नगर अध्यक्ष कुलराज शर्मा, उपाध्यक्ष कुलानन्द पाण्डे, सचिव मित्रहरि आचार्यले गुरुकुलका उपाध्यक्ष चुडामणी पौडेल र गुरुकुलका प्राचार्य ईश्वरानन्द कंडेललाई स्टिल दराज र स्टेशनरी सामग्री गरि करिब १५ हजार बराबरको सहयोग सामग्री हस्तान्तण गरेका हुन।
गुरुकुलका उपाध्यक्ष पौडेलले नेपालमा पशुपतिनाथ, स्वर्गद्वारी पछि बुटवलको निलकण्ठ बाबाधाममा मात्र ३ पटक आरती गरिदै आएको हुदा महत्व बढेको दाबी गरे ।
गुरुकुलमा चैतदेखि कोरोना भाईरसका संक्रमणसंगै भक्तजन नआउदा गुरुकुल संचालनमा कठिनाई आएको उनले दुखेसो गरे । देशभरका विभिन्न जिल्लाबाट ५० जना बटुकहरु छन र १० कक्षासम्म अध्ययन हुँदै आएको छ ।
धार्मिक पर्यटकिय आकर्षक रहेको भएपनि धाम ओझेलमा परेको भन्दै उनले स्थानिय सरकारबाट समेत आवश्यक सहयोग नभएको गुनासो गरे । गुरुकुलमा मासिक १ लाख ५० हजार तलबमा खर्च हुने तथा एउटै पनि शिक्षक दरबन्दी नभएको समेत उनले बताए ।
धामले सहयोग जुटाएर ७ जना शिक्षकहरु, पुजारी र सहयोगीको खर्च धान्दै आएको उनले बताए। विस २०६४ देखि गुरुकुल संचालन भएको हो । नजिक रहेको आम्दा अस्पतालबाट फोहोरले प्रदुषण बढेको उनले बताए । दीपनगरमा रहेको १ विगाहा १३ कठ्ठा ७ धुर जग्गामा मन्दिरको पुर्वाधार रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)