Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : मन्त्रीपरिषद् सदस्यलाइ नयाँ आचारसंहिता लागु

लुम्बिनी प्रदेश : मन्त्रीपरिषद् सदस्यलाइ नयाँ आचारसंहिता लागु

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेश : मन्त्रीपरिषद् सदस्यलाइ नयाँ आचारसंहिता लागु

    देउखुरी, भदौ ८ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता लागु गर्नुभएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकबाट लुम्बिनी प्रदेश सरकार, मन्त्रीपरिषद् सदस्यले पालना गर्नुपर्ने आचारसंहिता, २०८१ लागु गर्ने निर्णय गरिएको हो । सरकारले स्वनियमनको रणनीति बनाएको हो ।

    त्यसका लागि आचारसंहिता लागु गरिएको छ ।प्रदेश राजधानीबाहिर भ्रमणमा जाँदा मुख्यमन्त्रीबाट भ्रमणको पूर्वस्वीकृति लिएर मात्र जानुपर्ने, जिल्ला भ्रमणमा जाँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई भ्रमण कार्यक्रमबारे अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । 

    भ्रमण टोली सानो र भ्रमण खर्च मितव्ययी हुनुपर्ने, अनावश्यक र औचित्यहीन भ्रमण कार्यक्रममा संलग्न हुन नहुने, एक जिल्लामा एक पटकमा दुई दिनभन्दा बढी नबस्ने र उपलब्ध भएसम्म सरकारी अतिथिगृह प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । भ्रमणमा भएको कुनै पनि खर्च सरकारी कोषबाट भुक्तानी लिन नपाइने उल्लेख छ ।

    भ्रमणबाट फर्केपछि मुख्यमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि मात्र भ्रमण खर्च भुक्तानी लिनुपर्ने, सदाचारयुक्त व्यवहार गर्नुपर्ने उल्लेख छ । मन्त्रीपरिषद् सदस्यका हरेक क्रियाकलाप र व्यवहार उच्च आदर्शयुक्त, अनुकरणीय, सम्मानित र सदाचारपूर्ण हुनुपर्ने, मन्त्रीपरिषद् सदस्यले सदाचारविपरीतका कार्य गर्न नहुने उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology