केशव पराजुली,देवदह भदौ ८ ।
प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले संघ प्रदेश र स्थानिय तहका निति नियमहरुको आ–आफ्नै कार्यक्षेत्रमा नितिगत कठिनाई रहेकोले त्यस लाई सच्च्याउनु पर्नेबताउनु भएको छ ।
शुक्रबार रुपन्देहीको देवदह स्थित देवदह साझेदारी बन उपभोक्ता समुहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा रुपन्देही क्षेत्र नं.१ का साँसद तथा नेकपा एमाले सचिव समेत रहनु भएका विश्वकर्माले अब्यवस्थित बसोबासीको जग्गामा रहेका रुखहरु हटाउन मिल्ने गरी पहल गर्न आग्रह गर्नु भयो । फरक प्रसँगमा बोल्दै विश्वकमाले बुद्धकालिन रोहिणी नदी प्राकृतिक सम्पदा भएको भन्दै यसको संरक्षण, सम्बर्धन र बहुआयामिक विकास गर्नु अपरिहार्य रहेको जिकिर गर्नु भयो ।
समुहका अध्यक्ष अकबाल खाँको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकर्माले निर्वाचनको समयमा मात्र समस्या र समाधानको बारेमा चर्चा हुने भएपनि यस्ता कार्यक्रमले आफुलाई बनको विषयमा गहनरुपले बुझ्न पाएको बताउनु भयो । सोही कार्यक्रममा बन तथा बाताबरण विज्ञ दामोदर शर्माले राज्यले लगाउँदै आएको कर एकद्धार प्रणालीमा हुनु पर्ने भन्दै सामुदायिक र साझेदारी बनमा लगाईएको दोहोरो तेहोरो कर हटाउनु पर्ने भनाई राख्नु भयो ।
कार्यक्रममा समुहका अध्यक्ष अकवाल खाँले देश भरिकै साझेदारी बनहरुको एउटै कार्यविधि बनाउन सँसदमा पहल गर्न साँसद विश्वकर्मालाई आग्रह गर्दै समृद्धिका लागि बन धनीलाई धनी र गरिवलाई गरिव बनाउने जस्तो निति भएको गुनासो गर्नु भयो ।
उक्त कार्यक्रमा तिलोत्तमा सव डिभिजन बन कार्यालय प्रमुख बन अधिकृत सुर्य प्रसाद मैनालीले साझेदारी बनले गरेका कामहरुको बारेमा सहभागिहरुलाई जानकारी दिनु भएको थियो । कार्यक्रम पश्चात साँसद विश्वकर्मा लगायत सहभागिहरुले नदी कटान क्षेत्र तथा समुहले गरेको बृक्षारोपणको अवलोकन गर्नु भएको थियो ।
तिलोत्तमा वडा नं. ८ का अध्यक्ष तथा समुहका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागतमा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं. १० का अध्यक्ष यक बहादुर सुनार, तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र श्री, समुहका पूर्व संचालक मन कुमार कनौजे, समुहका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)