Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही मिष्ठान्र क्याटरिङ सङ्घद्वारा नन्दिनी गौशालामा गौ-आहार प्रदान

रूपन्देही मिष्ठान्र क्याटरिङ सङ्घद्वारा नन्दिनी गौशालामा गौ-आहार प्रदान

  • 1.9K
    SHARES

  • रूपन्देही मिष्ठान्र क्याटरिङ सङ्घद्वारा नन्दिनी गौशालामा गौ-आहार प्रदान

    बुटवल,भदौ ५ ।

    २० औँ वार्षिक उत्सवको उपलक्ष्यमा रूपन्देही मिष्ठान्र  क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी सङ्घले बिभिन्न कार्यक्रम शुरू गरेको छ ।

    तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन आज नन्दिनी गौशालामा गौआहार तथा खाद्यान्न फलफूल वितरण कार्यक्रम भएको अध्यक्ष कमल पोखरेलले बताउनुभयो । यस्तै भोलि रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम र तेस्रो दिन भाद्र ७ गते प्रभाकर  क्याटरिङमा  तीज मिलन कार्यक्रम गरिने उहाले बताउनुभयो ।mistannna.jpg

    अध्यक्ष पोखरेलको अध्यक्षता ,वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटाको स्वागत तथा सचिव केशव कडेंलको संचालनमा भएको कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष लक्ष्मण पोखरेलले संस्थाले गरेको सामाजिक काम स्रहानिय रहेको बताउनुभयो ।

    संघले केरा,घाँस,चापट,दाना,तरकारीहरू नन्दनी गौ संरक्षण केन्द्र बुटवलका इन्चार्ज रानी कानु बानियालाइ हस्तान्तरणा गरेको हो भने केही फलफूल गाइगोरूलाइ खुवाइएको हो ।

     

    gausala gai.jpghelp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology