काठमाडौँ,भदौ ५ ।
काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान १० बजेदेखि ढुंगा, माटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन ।
ढुंगा खसिरहेकोले काठमाडौं–नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।पहिरो पन्छाउन द्ईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन । सवारी साधन ठप्प भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)