बुटवल,भदौ ४।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुईतिहाई सांसदको विश्ववासको मत पाएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।
आज बसेको लुम्बिनी प्रदेशसभा बैठकमा सहभागी ८१ सांसदहरु मध्ये ७० जना सांसदले पक्षमा मत खसेको छ भने बिपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्तिले जानकारी दिए । आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेस सहित जसपाका २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।
८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् ।
प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)