Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भोलि विश्वास मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भोलि विश्वास मत लिने

  • 1.8K
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले भोलि विश्वास मत लिने

    बुटवल,भदौ ३ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि विश्वास मत लिने भएका छन्।मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्नेछन्।

    त्यसपछि उक्त प्रस्तावमाथि मत विभाजन गरिनेछ। नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

    गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता थिए। शनिबार बसेको संसदीय दल बैठकले आचार्यलाई संसदीय दल नेतासमेत चयन गरिसकेको छ।

    मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच वटा दलहरूका सांसदले पनि विश्वास मत दिने भएका छन्। ती दलहरूले विश्वास मत दिन ह्विप पनि जारी गरेका छन्।  लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। यी दुई दल भए सरकार बनाउन बहुमत पुग्छ।

    ११ वटा दल क्रियाशील रहेको लुम्बिनीमा ८७ जना सांसद छन्। मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्छ।

    मंगलबार दिउँसो २ बजे प्रदेश सभामा मुख्यमन्त्रीले विश्वास मतसम्बन्धी प्रस्ताव राख्ने तयारी गरेका छन्। एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले शनिबारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिए।

    कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्। कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले मन्त्रिपरिषद् गठनमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा पनि दिएका थिए।

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। मन्त्रिपरिषदमा अहिले एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ४ जना मन्त्री छन्। लुम्बिनीमा मन्त्रिपरिषद १२ सदस्यीय हुन्छ। अब तीन जना मन्त्री नियुक्त गर्न बाँकी छ।

    कांग्रेसबाट एक र अन्य दलबाट २ जना मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री छन्। कांग्रेसभित्र बादशाह कुर्मीलाई मन्त्री बनाएकोमा असन्तुष्टि पनि देखा परेको छ। कुर्मीमाथि बाँकेको जानकी गाउँपालिकाकी निर्मला कुर्मीको अपहरण तथा हत्यामा संलग्न रहेको आरोप छ।

    मुख्यमन्त्री आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाका सांसदहरूले पनि विश्वास मत दिने भएका छन्। जनमतका ३, लोसपाका ३ जना सांसद छन्। जसपाका २, जसपा नेपालका १, नाउपाका ४ सांसद छन्।

    लुम्बिनीमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक-एक जना सांसद छन्। १३ जना सा‌ंसदले मुख्यमन्त्रीलाई विश्वास मत नदिने देखिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology