Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतले थप २५१ मेगावाट बिजुली किन्ने

भारतले थप २५१ मेगावाट बिजुली किन्ने

  • 1.6K
    SHARES

  • भारतले थप २५१ मेगावाट बिजुली किन्ने

    काठमाडौं,भदौ ३ ।

    भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत परियोजनाहरूबाट थप विद्युत लैजाने जनाएको छ।त्यस्तै, भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने भएको छ। 

    मध्यकालीन सम्झौतापछि दैनिक ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) भारतले बिजुली लैजान्छ।२५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा  खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।

    सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति पाएको थियो। इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरू गरेको हो। त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ।

    भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपिओ) को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ।

    नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत बिक्री गर्ने परिकल्पना गरेको छ। यो सँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ। बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागिसकेको छ। 

    गत साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो। तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण अर्को निर्णय नहुँदासम्मका लागि उक्त योजना स्थगित भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology