Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बिराटनगरमा ७६ वर्षीय एक कोरोना संक्रमितको वृद्धको मृत्यु

बिराटनगरमा ७६ वर्षीय एक कोरोना संक्रमितको वृद्धको मृत्यु

  • 2.7K
    SHARES

  • बिराटनगरमा  ७६ वर्षीय एक कोरोना संक्रमितको वृद्धको मृत्यु

    मोरङ भदौ,२२ ।

    बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।

    ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।

    भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

    दाहाल थरका वृद्धको मृत्यु भएसँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।  बिराटनगरमा आइसोलेसन बेड अभावमा संक्रमितहरु होम आइसोलसनमा बस्न बाध्य छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology