काठमाडौं,साउन ३१ ।
सङ्घीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।
बिहीबार दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् । निर्विरोध निर्वाचित दुवै सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)