Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मेली सम्पर्क समाजद्वारा रूपन्देहीका प्रजिअ गणेश अर्याललाई सम्मान

गुल्मेली सम्पर्क समाजद्वारा रूपन्देहीका प्रजिअ गणेश अर्याललाई सम्मान

  • 2.4K
    SHARES

  • गुल्मेली सम्पर्क समाजद्वारा रूपन्देहीका प्रजिअ गणेश अर्याललाई सम्मान

    बुटवल,साउन ३१ ।

    गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई सम्मान गरेको छ । समाजले बुधबार भैरहवामा बधाई तथा सम्मान गरी प्रजिअ अर्याललाई सम्मान गरेको हो ।

    गृह मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वोत्कृष्ट स्थान प्राप्त गरेको भन्दै अर्याललाई समाजले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो । 

    ‘गुल्मी जिल्लाको मालिका गाउँपालिकामा वडा नं. ६ अर्जेमा जन्मनुभएका तपाई हाल जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत रहनुभएको छ । नेपाल सरकार, गृह मन्त्रालयको आ.व. २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा नेपालका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तपाईको कुशल नेतृत्वमा सर्वोत्कृष्ट स्थान प्राप्त गरेको खबर सुन्न पाउँदा हामी गौरवान्दित छौं ।

    तपाईको सुकर्मका कारण गुल्मेली माटो थप सुवासित भएको छ । गुल्मेली धर्तीका वरद सुपुत्र तपाईले आफ्नो पदीय जिम्मेवारी वहन गर्ने क्रममा हासिल गर्नुभएको उत्कृष्ट उपलब्धिका लागि बधाईका साथ सम्मानपत्र अर्पण गर्दछौं, ’सम्मानपत्रमा उल्लेख छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थले गुल्मेलीलाई सम्मान गर्न पाउँदा आफूहरुको शिर उचो भएको बताए । उनले भने, ‘राष्ट्रले देख्ने गरी प्रमुख जिल्ला अधिकारीज्यू सम्मानित हुनुभएको छ । पद ठूलो होइन, जिम्मेवारी ठूलो कुरा हो । गुल्मेली माटोले सदैव यहाँलाई आर्शीवाद दिइरहनेछ । ’

    प्रजिअ अर्यालले सबैको प्रेरणाले यहाँसम्म आइपुगेको बताए । उनले भने, ‘गुल्मेली हुनुमा गर्व लाग्छ । एउटा प्रशासकले धेरै काम गर्न सक्छ । विधिको शासन छ भन्ने कुरा बिर्सनहुँदैन ।’  उनले यो सम्मानले जिम्मेवारी थपिएको अनुभुति गरेको बताए । 

    गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाका अध्यक्ष केशवराज ज्ञवालीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउन सफल भएका सिडिओ अर्यालप्रति गर्वको अनुभुति भएको बताए ।

    समाजका सल्लाहकार तथा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले प्रजिअ अर्यालले सामाजिक क्षेत्रमा क्रियाशिलता रहेको बताए । उनले भने, ‘सेवानिवृत्त भइसकेपछि पनि भूमिका निर्वाह गर्ने धेरै ठाउँ छन् ।’ उनले गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाले विभिन्न रचनात्मक कार्य गर्दै आएको बताए ।

    समाजका उपाध्यक्ष शालिकराम पाण्डेको स्वागत तथा सचिव अर्जुन प्रसाद गौतमको सञ्चालनमा भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम, समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सह–सचिव शान्ता कंडेल, केन्द्रीय सदस्य भोज बहादुर खत्री (भोजेन्द्र), सिद्धार्थनगर शाखाका निवर्तमान अध्यक्ष लक्ष्मण ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology