Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खनालले दिए पत्रकारिता पुरस्कारको रकम आश्रमलाई

खनालले दिए पत्रकारिता पुरस्कारको रकम आश्रमलाई

  • 3.3K
    SHARES

  • खनालले दिए पत्रकारिता पुरस्कारको रकम आश्रमलाई

    बुटवल, पुस २३ । 

    पत्रकार कृष्ण खनालले आफुले प्राप्त गरेको पुरस्कार बापतको रकम आश्रमलाई सहयोग गरेका छन् । केहीसमय पहिला रुपन्देही उद्योग संघले प्रदान गरेको ‘उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार’ बाट प्राप्त गरेको ३५ हजार ५ सय ५५ रुपैयाँ मध्ये मानव सेवा आश्रम बुटवललाई १० हजार  ५ रुपैयाँ प्रदान गरेका छन् । 

     मंगलबार आश्रममा एक कार्यक्रमको आयोजना गरी पत्रकार खनालले  आश्रममा  अभिभाव लोकनाथ भुषाल, नन्दीकिशोर ढकाल, कृष्ण पंगेनी सहित मानवसेवा आश्रम रुपन्देही प्रमुख सरु अधिकारीलाई  उक्त रकम बराबरको चेक प्रदान गरेका हुन ।

     अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग जन्मस्थान भई हाल रुपन्देहीको  सैनामैना निवासी  खनाल विगत १० बर्ष देखि रुपन्देहीमा  पत्रकारिता गरिरहेका छन् ।

    कृषि पत्रकार समाज लुम्बिनीका संयोजक समेत रहेका खनाल बुटवल टुडे दैनिकका बरिष्ठ संवादाता पदमा कार्यरत रहेका छन् ।
    कार्यक्रममा बोल्दै  पत्रकार खनालले पुरस्कार रकम अन्य आश्रमहरुलाई समेत प्रदान गरिने प्रतिवद्धता  जनाए ।

    सहयोगापेक्षीको उद्धार गर्ने मानव सेवा आश्रमको राष्ट्रिय उद्धार टोली रुपन्देहीमा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology