Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल मोवाइल संघ रूपन्देहीको बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

बुटवल मोवाइल संघ रूपन्देहीको बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

  • 1.2K
    SHARES

  • बुटवल मोवाइल संघ रूपन्देहीको बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

    बुटवल,साउन २८ ।

    बुटवल मोवाइल संघ रूपन्देहीको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने बक्ताहरुले मोवाइलको सहि सदुपयोग गर्नुपर्ने बताए । उनीहरुले मोवाइलको दुरुपयोग भए जीवन नै समाप्त हुन सक्ने भन्दै साइबर सुरक्षालाइ ध्यान दिन आग्रह गरे ।

    सो अवसरमा बोल्दै अध्यक्ष बिष्णु ज्ञवालीले आफ्नो कार्यकालमा संस्थाको बेश बसेको बताउँदै अब नियमित काम गरेर संघलाइ थप स्थापित बनाउने जिम्मा नयाँ साथीहरुको काँधमा पुगेको दाबी गरे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल मोवाईल महासंघका कार्यबाहक अध्यक्ष श्यामसुन्दर नगरकोटीले देशभरका ब्यबसायीलाइ एक बनाएरअघि बढ्ने र ब्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारलाइ दबाब दिने बताए ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी बिजयराज पण्डितले मोवाइल संबेदनशील डिभाइस भएकाले सजग भएर चलाउनुपर्ने बताए ।

    सो कार्यक्रममा नेपाल मोवाईल महासंघका सहकोषाध्यक्ष लभ श्रेष्ठ,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल,बस्तुगत मोवाईल समिति बुटवल उवासंघका संस्थापक अध्यक्ष एमएल पाण्डे,होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी,स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री,रूपन्देही बिद्युतिय ब्यवसायी संघका अध्यक्ष शान्तराज खनाल,इक्यानका पूर्व अध्यक्ष तथा स्टडी वल्डका देवबहादुर कुवर,क्यान महासंघका बिरु क्षेत्री,संघका बरिष्ठ उपाध्यक्ष शिवदेव अर्याल, महासचिव दिपेन्द्र पाण्डे,कोषाध्यक्ष शालिकराम क्षेत्री,सचिव भुवन पाण्डे,मोवाइल बितरक संघ हरि केसी,कल्याणकारी अक्षयकोषका संयोजक रिखिराम पौडेल,सगरमाथा लुम्बिनी ईन्स्योरेन्सका प्रदेश प्रमुख विश्वदिप नेपाल लगायतले बोल्दै ब्यबसायीका हक हितका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरे ।

    सो अवसरमा खेलाडी कृतिका मरासीनी,तथा सहयोगी ब्याक्तित्वहरु,संघका नयाँ सदस्यहरुलाइ समेत सम्मान गरिएको थियो ।अधिवेशनले आगामी कार्यकालका लागि शिवदेव अर्यालको अध्यक्षतामा आजै नयाँ नेतृत्व चयन गरेको छ ।70b03bab-5f2e-4f48-bd2d-c98400c3334f.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology