Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘सफा नोट सचेतना’ सिकाउँदै शिवालयहरूमा पुगे एम्सका बिद्यार्थी

‘सफा नोट सचेतना’ सिकाउँदै शिवालयहरूमा पुगे एम्सका बिद्यार्थी

  • 1.6K
    SHARES

  • ‘सफा नोट सचेतना’ सिकाउँदै शिवालयहरूमा पुगे एम्सका बिद्यार्थी

    बुटवल,साउन २८ ।

    एम्स कलेज बुटवलले रुपन्देही र पाल्पाका मुख्य शिवधामहरु नोट सचेतना कार्यक्रम गरेका छन् ।

    श्री सिद्धबाबा धाम मन्दिर पाल्पा, श्री स्वामीनारायण मुक्तिनाथ धाम नयागाउ, श्रृगेश्वर धाम मन्दिर तिलोत्तमा र श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाम मन्दिरमा लाम लागेका दर्शालुहरुलाई नोट सुरक्षाबारे विद्यार्थीहरुले बुझाएका  छन् । कलेजका बिबिएस र प्लस टु मा अध्ययरत ६५ जना विद्यार्थीहरु चार समुह बनाएर मन्दिरमा खटिएका थिए ।

    नेपाल राष्ट्र बैक भैरहवाको सहयोगमा भएको साे कार्यक्रममा ‘नोट राष्ट्रको सम्पति, नोटको हिफाजत गरौ । नोटलाई पानीमा नडुवाऔ, अबिर नलगाऔ, मुल्य नघटाऔ, नोटमा केरमेट नगरौँ ।’ लगायतका नारा लेखिएका प्ले कार्डमार्फत विद्यार्थीहरुले नोट सुरक्षाको सन्देश दिएको एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले नागरिक अनलाइनलाइ जानकारी दिए । note an.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology