Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सहयोगापेक्षीको उद्धार गर्ने मानव सेवा आश्रमको राष्ट्रिय उद्धार टोली रुपन्देहीमा 

सहयोगापेक्षीको उद्धार गर्ने मानव सेवा आश्रमको राष्ट्रिय उद्धार टोली रुपन्देहीमा 

  • 3.9K
    SHARES

  • सहयोगापेक्षीको उद्धार गर्ने मानव सेवा आश्रमको राष्ट्रिय उद्धार टोली रुपन्देहीमा 

    बुटवल, पुस २३ । 

    सहयोगापेक्षी (वेसाहरा, अशक्त , असाहाय, अनाथ, अभिभावविहिन, सडकमानवहरुको) राष्ट्रिय उद्धार कार्यक्रम टोली रुपन्देहीमा आउने भएको छ । काठमाण्डौबाट गत पुस १ गते सुरु भएको अभियान यहि पुस २५ गते रुपन्देहीमा आउने छ ।

    आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको संयोजकत्वमा आउने उद्धारा टोलीले पुस २५ गते रुपन्देहीको तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतीक नगरपालिका, सैनामैना, देवदह लगायत अन्य पालिकाहरुबाट सहयोगापेक्षी मानवहरुको उद्धार गरिने छ ।

     मानव सेवा आश्रम  रुपन्देहीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी प्रदेशमा हुने उद्धारको कार्यक्रमको बारेमा जानकारी दिएको हो । आश्रममा अभिभावक लोकनाथ भुषालले  पुस २६ गते नवलपरासी जिल्लाका सुनवल, बर्दघाट, लगायत क्षेत्रका पालिकाहरुबाट उद्धार गरिने कार्यक्रम रहेको जानकारी दिए ।

    यस्तै  २७ गते मंगलबार  कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका, लगायतका क्षेत्रहरुबाट, २९ गते अर्घाखाँची जिल्लाबाट, माघ १ गते बाँके जिल्लामा र माघ २ गते बर्दिया जिल्लामाराष्ट्रिय उद्धारको कार्यक्रम छ ।

    आश्रममा रुपन्देही संयोजक सरु अधिकारीका अनुसार वि.स. २०८२ साल भित्र नेपाललाई सहयोगापेक्षि मानव मुक्त  नेपाल बनाउने राष्ट्रिय अभियान अनुसार देशबाट अभियानको दौरानमा ४ सय भन्दा बढिको उद्धार गरिने  छ ।

    आश्रमले उद्धार गरिएका व्याक्तिहरुको खाना, बास बस्ने, औषधी उपचार लगायतको व्यवस्थापन गर्दै आएको छ । यसको अलवा पारिवारिक पुनःमिलनको कार्यक्रम समेत गर्दै आएको छ । yatra mechi kali.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology