बुटवल,साउन २८ ।
आज साउनको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड लागेको छ ।
आज साउनकोचौथो अर्थात अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड छ ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ।अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।
पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेकोले दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शनव्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरैभक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउनेभक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।
भक्तहरू यो दिन व्रत, पूजापाठ, दान आदि गरी शिवाराधना गर्ने गर्छन् । काठमाडौंको पशुपतिनाथ, भक्तपुरकोडोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी,रूपन्देहीको मुक्तिनाथ,पर्राेहा बाेलबम,सिद्धबाबा,पाल्पाको सिद्धबाबा मन्दिर, सुनसरीको पिण्डेश्वर, जनकपुरको कपिलेश्वर लगायतदेशभरका शिवालयहरुमा यो दिन दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)