Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह शुरू

बुटवल लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह शुरू

  • 3.5K
    SHARES

  • बुटवल लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह शुरू

    बुटवल,साउन २७।

    बुटवल लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह शुरू भएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरि जेसीज सप्ताहको उद्घाटन गरिएको छ ।

    जेसीजले पहिलो कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य सचेतना कार्यक्रम गरिएको अध्यक्ष संगिता ढकालले बताउनुभयो। उहाले महिला स्वस्थ रहदा परिवार,समाज,राष्ट्र नै शुखी र स्वस्थ रहने उल्लेख गर्नुभयो ।

    शाखा अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाज रूपान्तरणमा जेसीजको महत्वपुर्ण रहेको बताउनुभयो। अर्यालले जेसीजलाइ सामाजिक कामलाइ प्राथमिकता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बुटवल वडा न ३ का अध्यक्ष बिष्णु ढकाल,भिमअस्पतालका मेडिकल सुपरिबेक्षक डा.सकुन्तला गुप्ता,जेसीज राष्ट्रिय उपाध्यक्ष राजन पौडेल ,बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरे,बुटवल लेडी जेसीजका पुर्व अध्यक्ष अनुपमा श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

    सप्ताह अन्तर्गत सौन्दर्यकला सेमिनार,जेष्ठ नागरिकसंग बुटवल जेसीज,भोजन ग्रहण,बुटवल बहुमुखीमा नेतृत्व बिकास तालिम,बर्तमान अवस्थाको संभावना,चुनौती बिषयक शैक्षिक अन्तर्संवाद,पुरस्कार बितरण तथा समापन समारोह गरिने महासचिव रूपा श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रमको मुल संयोजकमा सपना ज्ञवाली र उद्घाटन कार्यक्रमका लागि बसन्ता घिमिरेलाई संयोजक रहनुभएको छ । अन्य कार्यक्रम सम्पन्न गर्नकालागि विभिन्न उपसमिति गठन र संयोजकको जिम्मेवारी बाँडफाँड गरिएको जेसीजले जनाएको छ ।आइतबार अगष्ट ११ देखि सुरु भएको लेडी जेसीज सप्ताह शनिबार १७ तारिखमा सकिने छ। jci.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology