Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजयले दिए पदबाट राजीनामा

लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजयले दिए पदबाट राजीनामा

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजयले दिए पदबाट राजीनामा

    बुटवल,साउन २५ ।

    लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । तिमिल्सिनाले कार्यव्यस्तताका कारण राजीनामा दिएको बताए । ‘मैले प्रमुख सचेतक नियुक्त हुँदा पनि धेरै समय दिन भ्याउँदिन भनेको थिएँ, त्यसैले राजीनामा दिएको हुँ,’ उनले भने ।

    तिमिल्सिनाले कार्यव्यस्तताको कारण राजीनामा दिएको भने पनि उनी निकट स्रोतले भने मन्त्री पद नपाउँदाको असन्तुष्टिका कारण राजीनामा दिएको बताउँछ । नेपाली कांग्रेसका तर्फबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका रोज राणा भनिने सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् । 

    चौधरीले तिमिल्सिनालाई १३ फागुन २०७९मा प्रमुख सचेतक नियुक्त गरेका थिए । बर्दिया २ (क) बाट निर्वाचित तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन् । तिमिल्सिना पार्टीको केन्द्रीय संगठन विभाग सदस्य एवं महासमिति सदस्य हुन् ।

    सुरुमा सरकारमा कांग्रेसबाट सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको थियो ।  तिमिल्सेनाले गत साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका थिए ।

    उनले प्रमुख सचेतकले पाउने गाडी सुविधा पनि २१ गते नै प्रदेश सभामा बुझाइसकेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology