बुटवल,साउन २१ ।
लायन्स क्लव अफ भलवारी सिटीले क्लवका संस्थापक अध्यक्ष लायन श्रवण कुमार थापा खाम्चाको जन्मदिनको शुभ अवसरमा रचनात्मक कार्यक्रम गरेको छ ।
लायन इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि का डिष्ट्रिक्ट गर्भनर MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्गज्युको प्रमुख आथित्यतामा तिलोत्तमा–१५, कोटिहवा अवस्थित नेपाल अभिनाश अनाथ आश्रममा आश्रित १९ जना बालबालिकालाई बिहानको भोजन खुवाउने कार्यक्रम तथा सोही स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर PMJF लायन बालाराम भट्टराई, द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर MJF लायन सन्दिप कसौधन, डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी MJF लायन माधव खनाल लगायत डिष्ट्रिक्ट, एरिया, रिजन तथा जोनका विभिन्न पदमा रहेका अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रम, प्रमुख तथा विशिष्ट अतिथिज्युबाट पानसमा दिप प्रज्वनन गरी तथा आप र लिचिको विरुवा आश्रमका अध्यक्ष लायन कृष्ण प्रसाद ज्ञवालीलाइ हस्तान्तरण गरी सुभारम्भ भएको थियो । क्लवकी अध्यक्ष लायन माया थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा क्लवकी द्धितिय उपाध्यक्ष लायन लक्ष्मी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव लियो लायन रितु ज्ञवालीले गर्नुभएको थियो ।
क्लवका संस्थापक अध्यक्ष लायन खाम्चाले आफ्नो जन्मदिन आश्रममा गई आफु भन्दा कम भाग्यसाली बालबालिकासंगै केक काटेर, भोजन गरेर साथै खुसियाली साटासाट गर्दै मनाउन पाउदा छुट्टै आनन्द महशुस भएको बताउनुभयो तथा भविष्यमा समेत निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि लायन प्रधानाङ्गले क्लवले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यही गतिमा अगाडी बढनका निमित्त हौसला तथा शुभकामना प्रकट गर्नुभयो ।
क्लवका पुर्व अध्यक्ष बरुण पौडेल तथा निवर्तमान अध्यक्ष दुर्गा खाम्चा तथा सम्पुर्ण सदस्यहरुको उपस्थितिमा रहेको उक्त कार्यक्रममा आाश्रमका अध्यक्ष ज्ञवालीले क्लवद्धारा निरन्तर रुपमा गर्दै आएका यस प्रकारका कार्यक्रमले आश्रमलाई उल्लेखनिय सहयोग पुञ्याउने छ भन्दै क्लबलाई धन्यबाद दिनुभयो।
क्लवले विभिन्न क्षेत्र जस्तै Vision, Hunger, Diabetes, Cancer, Environment, आदीमा निरन्तर रुपमा सामाजिक कार्यहरु गर्दै आईरहेको बताउदै संस्थापक अध्यक्षलाई जन्मदिनको शुभकामना तथा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै क्लवकी अध्यक्ष लायन माया देवी थापाले औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)