बुटवल,साउन २१ ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा बिएलएलबीमा अध्ययनरत विद्यार्थीसँग कानुनी शिक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम पाण्डेको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा कलेजका अकेडेमिक डाइरेक्टर प्रोफेसर अशोक मल्लिकले अध्यक्षता गर्नुभएको थियो।
प्रमुख वक्ता बाबुराम पाण्डेले नेपालमा कानुनी शिक्षाको सन्दर्भमा कहाँ र कसरी पढाइ हुन्छ भन्ने विषय बताउनुभएको थियो साथै कानुन व्यवसायहरुलाई नियमन गर्ने बार काउन्सिलको भूमिकाको बारेमा विद्यार्थीहरुलाई बताउनु भएको थियो । लुम्बिनी इन्टग्रेट एकेडेमीले बीए एलएलबी जस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो। साथै विद्यार्थीहरूको पढाइका लागि बार काउन्सिल सधैं सहयोगी हुन तयार रहेको कुरा पनि बताउनुभएको थियो।
लुम्बिनी इन्टिग्रेट एकाडेमीका शिक्षक अधिवक्ता दामोदर घिमिरेको सञ्चालनमा भएको कार्यक्रमको स्वागत पूजन पुन गर्नुभएको थियो। कार्यक्रममा कोर्डिनेटर अधिवक्ता मदनपुन अधिवक्ता हेमराज अधिकारी इकोनोमिक्सका शिक्षक नवराज पाण्डे लगायत शिक्षक तथा कर्मचारीहरूको उपस्थित रहेको थियो। नेपाल बार काउन्सिलको स्थापना दिवसको सन्दर्भमा आयोजित सप्ताव्यापी कार्यक्रम अन्तर्गत कार्यक्रम भएको हाे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)