Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष श्रेष्ठलाई बुटवल उवा संघमा सम्मान

लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष श्रेष्ठलाई बुटवल उवा संघमा सम्मान

  • 1.2K
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष श्रेष्ठलाई बुटवल उवा संघमा सम्मान

    बुटवल,साउन २१ । 

    लुम्बिनी वाणिज्य क्याम्पसका नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई बुटवल उद्योग वाणिज्य संघमा सम्मान गरिएको छ । क्याम्पसको हालै सम्पन्न १४ औं क्याम्पस सभाबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित संघका पूर्व अध्यक्ष श्रेष्ठलाई सोमबार बसेको कार्यसमिति बैठकमा सम्मान गरिएको हो ।

    सोही अवसरमा क्याम्पस सञ्चालक समिति सदस्यमा नवनिर्वाचित हुनु भएका संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई पनि सम्मान गरिएको छ । उहाँहरुलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले सम्मान गर्नुभएको हो ।

    बुटवल उद्योग वाणिज्य संघको लगानी सहितको पहलमा स्थापित लुम्बिनी वाणिज्य क्याम्पसको हालै सम्पन्न क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा संघका पूर्वअध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिमा संघका निवर्तमान अध्यक्ष कसजू सर्वसम्मत निर्वाचित हुनु भएको थियो । त्यस्तै संघका अध्यक्ष हरिप्रसाद अर्याल क्याम्पस सञ्चालक समितिको पदेन सदस्य पदमा रहनु भएको छ ।

    सम्मानपछि बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएकोमा संघले सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो ।उहाँले लुम्बिनी वाणिज्य क्याम्पसको ईतिहास सहित मानित विश्वविद्यालयको रुपमा अगाडि बढेको जानकारी गराउनु भयो ।

    हाल व्यवस्थापनमा मात्रै पठनपाठन हुने उक्त क्याम्पस मानित विश्वविद्यालय भएपछि व्यवस्थापन सहित विज्ञान तथा मेडिकल शिक्षा समेत प्रदान गरिने पनि जानकारी गराउनु भयो । त्यस्तै क्याम्पस सञ्चालक समितिको सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा भएका विकासका कारण गुल्जार भएको बुटवल पछिल्लो समय आर्थिक चलायमान घटेको बताउँदै त्यसलाई कसरी उठाउने भन्ने चासो र चिन्तन पनि संघले नै गर्नुपर्ने भनाई राख्नुभयो ।

    बुटवलको आवश्यक जनशक्ति परिपूर्तिको लागि संघको नेतृत्वमा स्थापना गरिएको लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्वअध्यक्ष श्रेष्ठ तथा क्याम्पस सञ्चालक समिति सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष कसजूलाई बधाई ज्ञापन गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकास क्रमसंगै मानित विश्वविद्यालयले समयको माग अनुसारको जनशक्ति उत्पादन गर्नेगरी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology