Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

  • 1.0K
    SHARES

  • राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

    काठमाडौँ, साउन २१ ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गर्नुभएको छ।नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा साढे तीन वर्षे कार्यकाल पूरा गरि स्वदेश फर्किन लाग्नुभएका राजदूत वोल्कले आज ९सोमबार० सिंहदरबारस्थित अध्यक्ष दाहाललको कार्यकक्षमा विदाइ भेट गर्नुभएको हो।

    बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गर्नुभयो। नेपाल र अष्ट्रेलिया बीच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रुपमा पनि नजिक बनाउने बताउनु भयो।

    विगतमा दुई देशबीच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताउनु भयो। नेपालको संघीय संसदले नेपाल(अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालले जानकारी दिनुभयो।

    राजनीतिक संघर्ष र जनआन्दोलनको बलमा नेपालमा संघीय गणतन्त्रात्मक शासन, समावेशी लोकतन्त्र स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तन र जागरणमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक र महत्वपूर्ण सहयोग रहेको बताउनु भयो। शान्ति प्रक्रियाका बाँकी कामहरु चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा भन्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्नुभयो।

    दुई देशबीच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अष्ट्रेलियन सरकारले गरेको आर्थिक सहायता नेपालका लागि महत्वपूर्ण रहेको चर्चा अध्यक्ष दाहालले आगामी दिनहरुमा अझ निकट रहेर आर्थिक तथा विकास सहायतामा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।सो भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताउनु भयो। राजदूतका रुपमा नरहे पनि नेपालमा रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैं नेपालको सद्भावना दूतका रुपमा रहिरहने वोल्कले बताउनु भयो।

    कोभिड, भूकम्प लगायतका विपद्का बेला एक आपसमा सहयोग गरेको स्मरण गर्दै उहाँले मानवीय सहायताका साथै विकास सहायताका रुपमा पनि अष्ट्रेलिया सधैं नेपालको साथमा रहने बताउनु भयो।

    लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको संक्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरुबीच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताउनु भयो।संक्रमणकालीन न्यायको विषय निकै संवेदनशील रहेको भन्दै राजदूत वोल्कले दलहरुबीचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology