Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भाेलि र पर्सी देशभर वर्षा हुने,३४ जिल्लामा रेडअलर्ट !

भाेलि र पर्सी देशभर वर्षा हुने,३४ जिल्लामा रेडअलर्ट !

  • 1.4K
    SHARES

  • भाेलि र पर्सी देशभर वर्षा हुने,३४ जिल्लामा रेडअलर्ट !

    काठमाडौँ, साउन २१ ।

    मङ्गलबार र बुधबार देशभर वर्षा हुने भएको छ । हाल मनसुन न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार बिहान ११ बजे विशेष बुलेटिन जारी गर्दै महाशाखाले मनसुन न्यूनचापीय रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएकाले मनसुन सक्रिय हुने बताएको हो ।

    मङ्गलबार र बुधबार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ ।mausam.png

    साथै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।महाशाखाले मधेश र कर्णालीबाहेक पाँच प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ ।

    महाशाखाले ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोर्खा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा धेरै वर्षा हुने र यसले बाढीपहिरोको जोखिम निम्त्यिाउन सक्ने भएकाले रेड अलर्ट जारी गरेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology