बुटवल,साउन २१ ।
कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशित कक्षा १२ को परिक्षामा उच्च अंक सहित उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ । सोमबार बुटवल कालिका क्याम्पसको सभाहल मा विशेष कार्यक्रमको आयोजना गरी कक्षा १२ परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पुर्व अध्यक्ष सामाजसेवी होम बहादुर गलामीले शिक्षा क्षे त्रमा बुटवलको कालिका मावि र बुटवल कालिका क्याम्पसको भुमिका देशमै अनुकरणीय भएको बताएका थिए ।उनले विद्यालयका शिक्षक, विद्यार्थीको कडा मिहिनेतको फल स्वरुप देशमै अग्रडी स्थानमा कालिकाले एउटा ब्रान्ड स्थापना गर्न सफल भएको बताएका थिए ।
उनले यसको लागि सबै धन्यावादको पात्र भएको भन्दै बधाई , धन्याबाद र आभार व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलले शिक्षाको उत्कृष्ठ गन्तव्यको रुपमा बुटवलका कालिका ब्रान्ड स्थापना भैसकेको जानकारी दिदै प्लस २ पछि विदेश जाने सस्कृतीको अन्त्य गर्नको लागि स्वदेशमा नै उद्यमशिलता विकासका लाग्नुपर्नेमा जोड दिएका थिए ।
स्वदेशमा नै प्राविधिक धारतर्फको शिक्षा प्राप्तीगरी स्वदेशमा नै रोजगारीका प्रसस्त्र रोजगारीका सृजना गर्न सकिने बताएका थिए । बुटवलमा नै शिक्षा को उत्कृष्ठ गन्तव्य बन्दै गएको बताउँदै पाठकलले विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने उत्कृष्ठ गन्तव्य बुटवल नै भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीको समुज्वल भविष्यको लागि कामना गर्दै देशमा केही पनि छैनन, भन्ने कुरा चिर्न जरुरी रहेको बताएका थिए । मिहिनेत गरेर केही गर्न सकिन्छ भन्ने धारणा लाई चिर्न जरुरी रहेको बताएका थिए ।
बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान मावि बाट परिक्षा दिएका १६ सय ६२ जना विद्यार्थी मध्ये १४ सय २७ जना विद्यार्थी उत्र्तीण भएका थिए । जसमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी २११ जना रहेका थिए । उत्कृष्ट जीपीए ल्याएका २८ जना विद्यार्थी र ६ जना इन्चार्जलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा अन्य शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । ३.९२ देखि ३.९ जिपीए ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)