Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रतिनिधिसभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुश्चक्रमा फस्छ : घनश्याम भुसाल

प्रतिनिधिसभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुश्चक्रमा फस्छ : घनश्याम भुसाल

  • 2.1K
    SHARES

  • प्रतिनिधिसभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुश्चक्रमा फस्छ : घनश्याम भुसाल

    बुटवल, पुस २२ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाई गरिरहेको भन्ने प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुंदाहुंदै पनि अदालतले ढिलाई गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए ।

    ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ’–प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा प्रतिनिधि सभा विघटन सम्बन्धी गरेको अन्तरक्रियामा नेता भुसालले भने–‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ,लोकतन्त्र,वामपन्थ,समाजवाद विरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाई हुंदैछ ?’ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका आन्दोलनका उपलब्धी रक्षा का लागि प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको भन्दै नेता भुसालले प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताए ।

    संसद विघटनसम्बन्धी मुद्दामा अदालतले जति ढिलाई गर्छ मुलुकलाई राजनीतिक,आर्थिक,सामाजिक रुपमा त्यति बढी क्षति हुने नेता भुसालले औंल्याए । ‘संसद पुनःस्थापना गर्न नसक्ने हो भने संविधान उल्लंघन बढ्छ,संविधानविरोधी सल्बलाउंछन्’–भुसालले भने–‘संसद पुनःस्थापना हुंदा मात्रै संविधानको रक्षा हुन्छ र मुलुक सही ट्रयाकमा फर्किन्छ ।’   

    नाकाबन्दीमा ओलीले लिएको अडान र अरु सन्दर्भ गांसेर संसद विघटनलाई पनि ठीक हो भन्ने पुष्टी गर्ने कोशिस भएको भन्दै भुसालले मिडिया, नागरिक समाज र बुद्धिजिवीले यसलाई चिर्नुपर्ने बताए ।  

    अन्तरक्रियामा पुर्व सभासद विनोद पहाडी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी,अग्रज पत्रकार बालकृष्ण चापागाई, मदनलाल पौड्याल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे,नेकपा रुपन्देहीका सचिव निर्मल जीसी,लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी,पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझी,प्रेस संगठनका केन्द्रीय सदस्य रुद्रहरि कुंवर, भुवन कार्की लगायतले संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएकाले पुनस्थापनाका लागि सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिए ।   
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology